जिल्ला अदालतको फैसला–विवाह भइसकेकी छोरीले पनि पैतृक सम्पत्ति पाउने

विवाह भइसकेकी छोरीले समेत दाबी गरेमा अंश पाउने फैसला जिल्ला अदालत नवलपुरले रेको छ। न्यायाधीश यज्ञप्रसाद आचार्यको इजलासले पैतृक सम्पत्तिको हकदार छोरा मात्रै हो भनेर छोरीलाई अंशबाट वञ्चित गर्नु पितृसत्तात्मक सोच भएको ठहर गरेको हो।

बाग्लुङ जैमनी–९ घर भइ नवलपरासीस्थित कावासोती–४ हसौरा बस्ने गंग बहादुर थापाकी छोरी सीमा थापा र ज्योति थापा वादीले हजुरआमा नन्नाकली थापासमेतलाई प्रतिवादी बनाइ दायर गरेको मुद्दामा अदालतले उक्त फैसला गरेको हो।

२०७५ सालमा दायर भएको रिटमाथि २०७९ मंसिर २७ गते फैसलाको पूर्णपाठ भर्खरै सार्वजनिक भएको छ।

गंगाबहादुरले भारतमा कान्छी श्रीमती बिहे गरेपछि नेपालमा रहेकी जेठी श्रीमतीले अन्तै बिहे गरेकी थिइन्। जेठीबाट गंगाबहादुरका एक सन्तान रहेका छन्। केही समयअघि गंगाबहादुर र उनकी श्रीमतीको मृत्यु भएपछि गंगाबहादुरकी आमा नन्नाकलीले सम्पत्तिमा हक लाग्ने अरु कोही नभएको र दुई छोरीहरूको विवाह समेत भइसकेको भन्दै सम्पत्ति आफ्नो नाममा गराएकी थिइन्। उक्त सम्पत्तिलाई सगोलकै सम्पत्ति भएकाले आफूहरुको भोगाधिकार हुने नन्नाकलीको दाबी थियो।

गंगाबहादुरकी कान्छी श्रीमतीबाट जन्मिएका २ छोरी सीमा र ज्योति भारतमै थिए। २०७५ सालमाा बुवाको सम्पत्ति खोज्दै उनीहरू नेपाल आए । उनीहरूले बुबाको सम्पत्ति र अंशको हकदार आफूहरू पनि भएको दाबी गरे। तर नन्नाकलीले उनीहरूको विवाह भइसकेकाले सम्पत्ति नपाउने भन्दै सीमा र ज्योतिलाई अंश दिन अस्वीकार गरिन् ।

त्यसपछि उनीहरूले अंश दाबी गर्दै सीमा र ज्योतिले नन्नाकलीविरुद्ध अदालतमा रिट दायर गरेका थिए।

प्रतिवादी नन्नाकली समेतले जालसाजी गरी विपक्षी सीमाले विहे गरी भारतमा बसेको भन्ने विवरण अदालतमा पेस गरेको र अंश दिन आनाकानी गरेको उल्लेख गर्दै फिराद खारेजी गर्नुपर्ने जिकिर गरेका थिए।

त्यसैगरी मुलुकी देवानी संहिता २०७४ को दफा २०५ मा सगोलको सम्पत्तिमा पति, पत्नी, बाबु–आमा र छोरा–छोरीलाई अंशियार मान्ने प्रष्ट व्यवस्था भएको उल्लेख गर्दै सोही संहिताको परिच्छेद १० मा विवाहित छोरीहरूले समेत अंशहकको माग दाबी लिन पाउने अदालतले गरेको फैसलाको पूर्णपाठमा भनिएको छ।

अंशको अधिकार छोरालाई मात्रै भएको भनी छोरीलाई अंशबाट वञ्चित गर्न खोज्नु पितृसत्तात्मक सोच भएको व्याख्या गर्दै न्यायाधीश आचार्यको इजलासले मूल अंशियार हजुरआमा नन्नाकलीलाई गंगाबहादुरका दुई छोरीलाई अंशाधिकार दिन आदेश दि‌दै विवाह भइसकेकी छोरीले समेत दाबी गरेमा अंश पाउने फैसला गरेकाे छ।

फिराद माग दावी बमोजिम तायदाती फाँटवारीमा पेस हुन आएका कित्ता नम्बरहरू २७६, ३२८, ९४७, ३५८, ८९०, ८९४, ८९८ र ६१६ को जग्गालाई मुल ६ (छ) अंश भाग लगाइ गंगाबहादुरको एक अंश भाग छुट्टाएर त्यसलाई पुनः ३ अंश भाग लगाउने फैसला अदालतले गरेको छ।

थप कानूनी जानकारी

जबरजस्ती करणी सम्बन्धी कसूर: तपाईको कानून तपाईले जान्नुपर्छ भिडियो श्रृंखला

थप पढ्नुहोस्

करणी सम्बन्धी कसूर: हाडनाता र पशु करणी समेतमा सजाय हुने

थप पढ्नुहोस्

धर्म सम्बन्धी कसूर !! कसैको धर्म परिवर्तन गराएमा कस्तो सजाय हुने ???

थप पढ्नुहोस्

सम्बन्ध विच्छेद, के महिलाले सम्बन्ध विच्छेदको लागि निवेदन गर्दा पुरुषले अंश दिनुपर्दैन??

थप पढ्नुहोस्

विवाह, विवाह गर्दा थाह पाउनै पर्ने कानूनी व्यवस्था

थप पढ्नुहोस्