करणी सम्बन्धी कसूर: हाडनाता र पशु करणी समेतमा सजाय हुने

नेपालमा पछिल्लो समयमा बलात्कारका दर्जनौं घटनाहरु घटिरहेका छन् । यस्ता घटनाका ६ महिनाकी शिशु बालिका देखि ७० बर्ष माथिका आमाहरु पनि शिकार भएका छन् । बलात्कारका घटनाहरुमा कडा कानूनी सजाय माग हुँदै आएको र बलात्कारीलाई फाँसीको सजाँय माग गर्दै चर्का नारा पनि लगाएको पाईन्छ । फाँसीदिने गरि कानून संशोधन गरिनु पर्ने मागहरु रहेपनि नेपालको संविधान २०७२ ले फाँसी दिने कानून बनाउन बन्देज लगाएको छ । मुलूकी अपराध संहिता २०७४ ले व्यवस्था गरेकोहाल नेपालमा रहेको बलात्कार सम्बन्धी कानूनी व्यबस्था यस्तो छः
कुनै महिलालाई मञ्जुरी नलिई करणी गरेमा वा मञ्जुरी लिए पनि १८ वर्षभन्दा कम उमेरको बालिका लाई करणी गरेमा जबरर्जस्ती करणी गरेको मानिनेछ
सजाँय

  • १० वर्षभन्दा कम उमेरकी बालिका, पूर्ण अशक्त, अपाङ्गता भएमा वा ७० वर्षभन्दा बढी उमेरका महिलालाई करणी गरेमा जन्मकैद ।
  •  १० वर्ष वा बढी १४ वर्षभन्दा कम उमेरका लाई जबरजस्ती करणी गरेमा १८ वर्षदेखि २० वर्ष सम्म कैद ।
  •  १४ बर्ष वा बढी १६ बर्षभन्दा कम उमेरका लाई करणी गरेमा १२ बर्ष देखि १४ बर्ष सम्म कैद ।
  •  १६ बर्ष वा बढी १८ बर्षभन्दा कम उमेरका लाई करणी गरेमा १० देखि १२ बर्ष कैद ।
  •  १८ बर्ष वा बढीका उमेरका महिलालाई करणी गरेमा ७ बर्षदेखि १० बर्षसम्म कैद ।
  •  वैवाहिक जबरर्जस्ती करणी को कसूरमा ५ बर्षसम्म कैद हाडनातामा चलिआएको परम्परा अनुसार विवाह गर्न नहुने नाताको व्यक्ति हो भन्ने जानीजानी त्यस्तो व्यक्तिसँग करणी लिनु दिनु नहुने ।
     लिए दिएमा हुने सजाय
  • जन्माउने आमा छोरा वा बाबु छोरीको करणीमा जन्मकैद
  • सौतेनी आमा छोरा बाबु छोरी, सहोदर दिदी भाई वा दाजु बहिनी, एकै हाँगााको ससुरा बुहारी, बाजे नातिनी वा पनातिनी, जेठाजु र भाई बुहारी वा देवर भाउजु को करणीमा ४ वर्षदेखि १० वर्षसम्म कैद र ४० हजारदेखि १ लाख सम्म जरिवाना
  • एकै हाँगाको ३ पुस्तासम्मको बज्यै, नाति वा पनाति, एकै हाँगाको ठुलो बाबु वा काका भतिजी, भतिजो ठुली आमा वा काकी, ससुरो, भतिजी बुहारी साख्यै मामा भान्जी वा भानिज माईजु, आमा तर्फका ठुली आमा वा सानी आमा र छोरा र सासू र ज्वाईँ को करणीमा ३ वर्षदेखि ६ बर्षसम्म कैद र ३० हजार देखि ६० हजार जरिवाना ।
  • थुनामा रहेको व्यक्तिलाई सरकारी कर्मचारीले करणी गरेमा वा गर्न लगाएमा ३ बर्ष कैद सजाय ।आफनो संरक्षण र सुरक्षामा रहेको व्यक्ति सँग करणी गर्न नहुने र यदि त्यस्तो गरेमा ३ बर्ष सम्म कैद हुनेछ ।
  • यदि सरकारी वा निजी कार्यलयमा कार्यरत कर्मचारीलाई त्यस्तो कार्यलयको कर्मचारीले करणी गरेमा वा गर्न लगाएमा ४ बर्षसम्म कैद र ४० हजार रुपैया सम्म जरिवाना हुनेछ ।
  • यौन दुव्र्यवहार गर्न हुदैन र यदि यस्तो कसूर गरेमा ३ बर्षसम्म कैद र ३० हजार रुपैंया सम्म जरिवानाबालयौन दुव्र्यवहार गर्न हुदैन र त्यस्तो कसूर गरेमा ३ बर्षसम्म कैद र ३० हजार जरिवाना ।

पशु करणीमा सजाय

  •  गाईको करणी गरे वा गराएमा २ बर्ष र २० हजार जरिवाना
  • अन्य पशु करणीमा १ वर्षसम्म कैद र १० हजार जरिवाना
  •  हाडनाता र पशु करणी बाहेक अरु करणीमा क्षतीपुर्ती भराई दिनु पर्नेछ
    हदम्याद
  • हाडनाता करणीमा जहिलेसुकै
  • अन्यमा ३ महिना
  • थुना, अपहरण, शरीरबन्धकको अवस्थामा मुक्ति पाएको मितीले ३ महिना ।

थप कानूनी जानकारी

जबरजस्ती करणी सम्बन्धी कसूर: तपाईको कानून तपाईले जान्नुपर्छ भिडियो श्रृंखला

थप पढ्नुहोस्

धर्म सम्बन्धी कसूर !! कसैको धर्म परिवर्तन गराएमा कस्तो सजाय हुने ???

थप पढ्नुहोस्

सम्बन्ध विच्छेद, के महिलाले सम्बन्ध विच्छेदको लागि निवेदन गर्दा पुरुषले अंश दिनुपर्दैन??

थप पढ्नुहोस्

विवाह, विवाह गर्दा थाह पाउनै पर्ने कानूनी व्यवस्था

थप पढ्नुहोस्

नापताैल सम्बन्धी कसूर

थप पढ्नुहोस्