धर्म सम्बन्धी कसूर !! कसैको धर्म परिवर्तन गराएमा कस्तो सजाय हुने ???

धर्म सम्बन्धी कसूर सम्बन्धमा मुलूकी अपराध संहिता, २०७४
भागः२, परिच्छेद ९ मा रहेको कानूनी व्यवस्था:

-नेपालको संविधान, २०७२ को मौलिक हक धारा २६ अन्तर्गत कुनै पनि व्यक्ति आफ्नो आस्था अनुसार धर्मको अवलम्वन, अभ्यास र संरक्षण गर्ने स्वतन्त्र हुन्छ ।

-प्रत्येक धार्मिक समप्रदायलाई धार्मिक स्थल तथा धार्मिक गुठी संचालन गर्ने हक हुन्छ । तर सार्वजनिक स्वास्थ्य, शिष्टाचार र नैतिकताको प्रतिकूल हुने गरी वा सार्वजनिक शान्ति भंग गर्ने क्रियाकलाप गर्न, गराउन वा कसैको धर्म परिवर्तन गराउने वा अर्काको धर्ममा खलल पर्ने काम वा व्यवहार गर्न वा गराउन हुँदैन । त्यस्तोे कार्य कानून बमोजिम दण्डनीय हुन्छ ।

धार्मिक स्थल वा पवित्र मानिएको स्थानलाई क्षति पु¥याउन नहुनेः

-कसैले कुनै जात, जाति, समप्रदाय, वा वर्गको धार्मिक आस्था वा धर्मको घृणा गर्ने वा अपमान गर्ने नियतले वा सो हुन सक्छ भन्ने जानी जानी कुनै धार्मिक पूजा, प्राथना, वा कर्म गर्ने स्थान वा पवित्र मानिएको कुनै स्थान, वस्तु, मसानघाट वा चिहानलाई हानी नोक्सानी वा क्षति पूर्याउन वा कुनै किसिमले दूषित गर्न, विगार्न, फोहोरमैल गर्न वा अन्य यस्तै अन्य कार्य गर्नु हुँदैन ।

यस्तो कार्य दण्डनीय हुन्छ ।

– यस्तो कसूर गरेमा वा गराएमा ३ वर्ष सम्म कैद र ३०,००० रुपियाँ सम्म जरिवाना हुनेछ ।

-विदेशीले यस्तो कसूर गरे गराएको रहेछ भने निजले कैद भुक्तान गरेको ७ दिन भित्र निजलाई नेपाल बाहिर पठाउनु पर्नेछ ।

थप कानूनी जानकारी

जबरजस्ती करणी सम्बन्धी कसूर: तपाईको कानून तपाईले जान्नुपर्छ भिडियो श्रृंखला

थप पढ्नुहोस्

करणी सम्बन्धी कसूर: हाडनाता र पशु करणी समेतमा सजाय हुने

थप पढ्नुहोस्

सम्बन्ध विच्छेद, के महिलाले सम्बन्ध विच्छेदको लागि निवेदन गर्दा पुरुषले अंश दिनुपर्दैन??

थप पढ्नुहोस्

विवाह, विवाह गर्दा थाह पाउनै पर्ने कानूनी व्यवस्था

थप पढ्नुहोस्

नापताैल सम्बन्धी कसूर

थप पढ्नुहोस्