विवाह, विवाह गर्दा थाह पाउनै पर्ने कानूनी व्यवस्था

विवाह गर्न गराउन नहुने

-पुरुष र महिलाले एक अर्कालाई पति पत्नीको रुपमा स्वीकार गर्न मञ्जुर नगरेमा

-पुरुष र महिला हाडनाता करणीमा सजाय हुने नाता भएमा

– पुरुष र महिला दुवैको वैवाहिक सम्बन्धमा कायम रहेको अवस्था रहेमा

– २० वर्ष उमेर पुरा नभएका लाई विवाह गराउनु हुदैन ।

– पुरुष र महिला हाडनाता करणीमा सजाय हुने नाता भएमा विवाह गर्न नहुने भनिएको भएता पनि अहिले सम्मको कानूनी व्यवस्था अनुसार आफ्नो जातीय समुदाय वा कुलमा चलीआएको चलन अनुसार विवाह गर्न हुने नाता सम्बन्धमा विबाह गर्न गराउन बाधा पुग्ने छैन भन्ने व्यवस्था छ ।

-कुनै पुरुष वा महिलाले कुनै उत्सव, समारोह गरी औपचारीक वा अन्य कुनै कार्यबाट एक अर्कालाई पति पत्नीको रुपमा स्वीकार गरेमा विवाह भएको मानिनेछ,
-प्रत्येक व्यक्तिलाई कानूनको अधिनमा रहि विवाह गर्ने स्वतन्त्रता हुनेछ र त्यस्तो विवाह सार्वजनिक गर्नु वा गराउनु पर्नेछ

विवाह हुन सक्नेः

– पुरुष र महिलाले एक अर्कालाई पति पत्नीको रुपमा स्वीकार गर्न मञ्जुर गरेमा

– पुरुष र महिला हाडनाता करणीमा सजाय हुने नाता नभएमा

– पुरुष र महिला दुवैको वैवाहिक सम्बन्धमा कायम रहेको अवस्था नरहेमा

– २० वर्ष उमेर पुरा भएमा

भुक्याई विवाह गर्न गराउन नहुने

-शरीरमा एच आई भी वा हेपटाईटिस बी रहेको वा यस्तै प्रकृतीका निको नहुने कडा रोग लागेको

-यौनांग नभएको, नपुंसक भएको वा सन्तान उत्पादन गर्ने क्षमता नभएको प्रमाणित भैसकेको

– पूर्ण रुपमा बोल्न वा सुन्न नसक्ने, पूर्ण रुपमा दृष्टिविहिन वा कुष्ट रोगी भएको

– विवाह भैसकेको

– गर्भवती भएको

– नैतिक पतन देखिने फौजदारी अभियोगमा कसुरदार ठहरी अदालतबतट सजाय पाएको

विवाह स्वतः बदर हुने

-पुरुष वा महिलाको मञ्जुरी नभई भएको विवाह

– हाडनाता करणीमा सजाय हुने नाताका व्यक्ति हरु बीच भएको विवाह

– २० वर्ष उमेर नपुगी गरे गराएको विवाह ।

– कानून बमोजिम अंशवण्डा गरी भिन्न भएको अवस्थामा बाहेक विवाहित पुरुष वा महिलाले वैवाहिक सम्बनध कायम रहेको अवस्थामा गरेको अर्को विवाह ।

उपरोक्त अवस्थाको विवाह प्रारम्भ​ देखिनै अमान्य हुनेछ ।

विवाह बदर गराउन सकिने

– उमेर नपुगी विवाह गरेकोमा

– झुक्याई विवाह गरेको अवस्थामा

– यदि कुनै पुरुषसंगको शारीरिक सम्बन्धबाट महिलाले गर्भधारण गरी शिशु जन्मिएको प्रमाणित भएमा त्यस्तो पुरुष र महिलाको स्वतः विवाह भएको मानिनेछ । तर जबरजस्ती करणीबाट वा हाडनाता करणीबाट गर्भधारण भई शिशु जन्मिएको अवस्थामा स्वतः विवाह नहुने ।
माथिको अवस्थामा जन्मेको शिशु, वा विवाह बदर भएको वा विवाह बदर गराएको अवस्थामा जन्मिएको शिशुको कानून बमोजिम हकमा कुनै असर पर्ने छैन ।

विवाह दर्ता गर्नु पर्न

-यदि पुरुष र महिलाले चाहेमा आफनो व्यक्तिगत विवरण खुलाई र अघि वैवाहिक सम्बन्ध भएको भए त्यस्तो सम्बन्ध अन्त्य भएको व्यहोरा खुलाई कम्तीमा २ जना साक्षी राखि सम्बन्धित जिल्ला अदालत र नेपाल बाहिर भए नेपालको राजदुतावास वा महावाणिज्य दुतावास समक्ष निवेदन दिई दर्ता विवाह गर्न सक्नेछ ।

-त्यसरी परेको निवेदनमा सम्बन्धीत अधिकारीले निवेदन परेको १५ दिन भित्र सम्बन्धित कार्यालयमा अभिलेख राखी प्रचलित कानून बमोजिमको ढाचामा निवेदकलाई विवाह दर्ताको प्रमाणपत्र दिनु पर्नेछ ।

-विवाहिता महिलाले विवाह पछि बाबु वा आमाले प्रयोग गरेको थर वा निजको पतिको थर वा दुवै थर प्रयोग गर्न सक्नेछिन् ।

विवाह अन्त्य भएको मानिने

– विवाह बदर भएमा वा गराएमा

– पति पत्नीको सम्बन्ध विच्छेद भएमा

– पत्नीले कानून बमोजिम सम्बन्ध विच्छेद नहुदै अर्को विवाह गरेमा

पुनः विवाह गर्न सक्ने अवस्थाः

– पति पत्नी बीच सम्बन्ध विच्छेद भएममा

-पति वा पत्नीको मृत्यु भएमा

थप कानूनी जानकारी

जबरजस्ती करणी सम्बन्धी कसूर: तपाईको कानून तपाईले जान्नुपर्छ भिडियो श्रृंखला

थप पढ्नुहोस्

करणी सम्बन्धी कसूर: हाडनाता र पशु करणी समेतमा सजाय हुने

थप पढ्नुहोस्

धर्म सम्बन्धी कसूर !! कसैको धर्म परिवर्तन गराएमा कस्तो सजाय हुने ???

थप पढ्नुहोस्

सम्बन्ध विच्छेद, के महिलाले सम्बन्ध विच्छेदको लागि निवेदन गर्दा पुरुषले अंश दिनुपर्दैन??

थप पढ्नुहोस्

नापताैल सम्बन्धी कसूर

थप पढ्नुहोस्