श्रीनगर एग्रीटेक इन्डष्ट्रिजको आईपीओ बिक्रीमा, १० हजार कित्तासम्म आवेदन दिन सकिने

काठमाडौं-श्रीनगर एग्रीटेक इन्डष्ट्रिज लिमिटेडले आजदेखि आईपीओ निष्काशन गरेको छ । स्थानीय र वैदेशिक रोजगारीमा रहेका नेपालीहरूका लागि निष्काशन गरेको आईपीओ बाँडफाँट गरेपछि कम्पनीले सर्वसाधारणका लागि बिक्रीमा ल्याएको हो ।

कम्पनीले जारी पूँजी १ अर्ब ६३ करोड १२ लाख ५० हजार रुपैयाँको २० प्रतिशत ९३२ करोड ६२ लाख ५० हजार रुपैयाँ० बराबरको ३२ लाख ६२ हजार ५०० कित्ता शेयर निष्काशन गर्ने अनुमति पाएको थियो । जसमध्ये १ लाख ६३ हजार १२५ कित्ता साधारण शेयर स्थानीय र ३ लाख ९ हजार ९३८ कित्ता विदेशमा रहेका नेपालीहरूका लागि निष्काशन गरी बाँडफाँट गरिसकेको छ । सामूहिक लगानी कोषहरूका लागि १ लाख ५४ हजार ९६९ कित्ता र १ लाख २३ हजार ९७५ कित्ता शेयर कर्मचारीहरूलाई बाँडफाँट गरिसकेको छ ।

कम्पनीले २५ करोड १० लाख ४९ हजार ३०० रुपैयाँ बराबरको २५ लाख १० हजार ४९३ कित्ता शेयर बिक्रीमा ल्याएको हो । कम्पनीको शेयर सर्वसाधारण लगानीकर्ताहरूका लागि प्रतिकित्ता १०० रुपैयाँ अंकित मूल्य तोकिएको छ ।

निष्काशन तथा बिक्री प्रबन्धक नबिल इम्भेष्टमेन्ट बैंकिङ्ग लिमिटेड रहेको यस कम्पनीको आईपीओमा न्यूनतम १० कित्तादेखि अधिकतममा १० हजार कित्ताका लागि आवेदन दिन सकिने कम्पनीले जनाएको छ ।

 

थप लेखहरू

Court marriage in Nepal

चैत्र ४, २०८२

Company Registration Process in Nepal

चैत्र २, २०८२

सुनको मूल्य हालसम्मै उच्च, साढे २ लाख नाघ्यो

अशोज ३०, २०८२

सुनचाँदीको मूल्य हालसम्मकै उच्च

अशोज २७, २०८२

नयाँ समूहका लागि नबिल बैंकको एसएसइ आवेदन खुला

अशोज २७, २०८२

सेवाहरू

नोटरी तथा अनुवाद सेवा

July 31, 2025

लेखा तथा कर व्यवस्थापन

July 31, 2025

कानुनी परामर्श सेवा

July 30, 2025

ट्रेडमार्क दर्ता

July 30, 2025